×

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु निष्क्रिय गर्दै सेना , चन्दा नदिएपछि राखेको खुलासा

images

काठमाडौं- काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगेको छ। आज बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा शंकास्पद वस्तु फेला परेको हो। वस्तुलाई निष्क्रिय पार्न सेनाको टोली घटनास्थलमा पुगेको हो। घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ ।

पर्चामा लेखिएको छ–‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडिएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’

 ५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जना पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पनि उनीहरू भागेका थिए । खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। प्रहरी र सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ। 

बुधबार ३ साउन २०८० ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया