सिकल सेल नियन्त्रणका लागि विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता

    images


    बर्दिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्युनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि

    पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको सिकल सेल दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

    “थारु समुदायमा विकराल रुप लिनेगरी देखिएको सिकल सेलको उपचारका लागि एउटा विशेष अस्पतालको आवश्यकता छ भन्ने महसुस मलाई पनि भएको छ” मन्त्री मोदीले भने, “सिकल सेलको न्युनीकरण र निर्मुलीकरणका लागि एउटा विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    सिकल सेलको नियन्त्रणका लागि सबै तहका सरकारले प्राथमिकताका साथ कार्यक्रमहरु अगाडि बढाउनुपर्ने मन्त्री मोदीको भनाई छ “संघीय सरकारले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ” मन्त्री मोदीले भने, “सिकल सेल एनिमिया रोग थारू समुदायका लागि ठूलै जनस्वास्थ्य समस्या हो । यसको नियन्त्रणका लागि विशेष अस्पतालको व्यवस्था गर्न अनिवार्य बनेको छ, यसको निर्माणमा म लागि पर्ने उद्घोष गर्न चाहन्छु ।”  

    सोमबार ४ असार २०८० ०४:२४ PM मा प्रकाशित

    प्रतिक्रिया