×

न्युकासल च्याम्पियन्स लिग नजिक

images

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा न्युकासलले ब्राइटनलाई ४-१ गोल अन्तरले हराएको हो ।न्युकासलको जितमा डान बर्न, कलुम विल्सन र ब्रुनो गुइमारेसले एक एक गोल गरे ।

यस्तै डेनिज उन्दाभले एक आत्मघाती गोल गरे ।

ब्राइटनका लागि आत्मघाती गोलकर्ता डेनिज उन्दाभले एक गोल फर्काए ।यस जितसँगै न्युकासलले ३६ खेलमा ६९ अंक जोडेको छ ।

न्युकासल तेस्रो स्थानमा रहेको छ ।जितपछि न्युकासल प्रिमियर लिगको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगको नजिक समेत पुगेको छ ।ब्राइटन ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एजेन्सी

शुक्रबार​ ५ जेठ २०८० ०९:१३ AM मा प्रकाशित

प्रतिक्रिया