×

बागमती प्रदेशमा पनि सरकार विस्तारको टुंगो लाग्यो

images


काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले बागमती प्रदेशमा दलहरूले लिने मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ।

दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति नहुँदा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। मन्त्रिपरिषद विस्तार ढिलाइ भइरहेका बेला बालुवाटारमा प्रदेशका नेताहरूसहित बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा सहमति गरेका छन्।

बागमतीमा ६ मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको कांग्रेसले ५ मन्त्रालय मात्रै पाउने भएको छ। बालुवाटार बैठकले एकीकृत समाजवादीलाई दाबी गरेअनुसारकै २ मन्त्रालय दिएको छ। ११ सदस्यीय मन्त्रिपरिषदमा अहिले माओवादीबाट ४ र कांग्रेसबाट २ मन्त्री छन्।

शुक्रबार​ ५ जेठ २०८० ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया