×

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, प्रधानन्यायाधीश नियुक्तिबारे अर्को बैठक बसेर निर्णय लिने

images

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ । बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो । अध्यक्ष  तिमिल्सिनाका अनुसार आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताए ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

बुधबार ६ बैशाख २०८० ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया