×

सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुँदै 

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक –०७९ पेश गर्ने कार्यसुचि रहेको छ । 
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकले  विधेयक आइतवार बस्ने प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभाको बैठक अइतवार १ बजे बस्ने भनिएको छ । पेश गर्न लागिएको विधेयक तेस्रो संशोधित हो ।  
विधेक संशोधनका लागि अघिल्लै प्रतिनिधि सभाको बैठकमा पेश गरिएको थियो । तर, थप छलफल गरिनु पर्ने भएपछि सभाले विधेयक सम्वन्धित समितिमा पठाएको थियो । छलफलकै क्रममा निर्वाचन घोषणा भएपछि विधेयक माथिको छलफल स्थगित भएको थियो । द्धन्दका क्रममा थालि रहेका विषय चाँडो निरुपण गर्न तथा विधेयक बारे चाँडो निकास दिन सर्बोच्च अदालतले समेत सरकारलाई आदेश गरेको छ । सोही पृष्ठभूमिमा सरकारले विधेयक संसदमा पेश गर्न लागेको हो । एमालेले भने विधेयकमा थप छलफल गरिनु पर्ने दलिल पेश गर्दै पुनः संसदीय समितिमा पठाउनु पर्ने माग राखेको 
 

आइतबार​ ५ चैत २०७९ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया