×

जसपाले, तत्काल भावि राष्ट्रपतिबारे कुनै निर्णय नगर्ने भएको छ।

images


काठमाडौं । जसपाले, तत्काल भावि राष्ट्रपतिबारे कुनै निर्णय नगर्ने भएको छ। 

आइतबारदेखि, काठमाडौंमा सुरु भएको,  कार्यकारिणी समितिको बैठकपछि जसपाका नेता प्रकाश अधिकारीले तत्काल भावि राष्ट्रपतिबारे कुनै छलफल नहुने बताए । उनले भने ‘राष्ट्रपतिका लागि कतैबाट पनि उम्मेदवारी आईपुगेको छैन् त्यसैले पार्टीले भरखरै निर्णय गरिहाल्नु पर्ने स्थिति छैन विस्तारै छलफल हुन्छ ।’

राष्ट्रपतिका लागि कतैबाट पनि उम्मेदवारी नआईपुगेको कारण पार्टीले विस्तारै निर्णय गर्ने उनको तर्क छ । 
पार्टीको विधान महाअधिवेशन र समसामयीक राजनीतिको बारेमा बैठकमा छलफल भएका उनले जानकारी दिए ।

उनले भने ‘बैठक भोलि पुनः बस्ने गरि सकिएको छ । आगामी विधान महाअधिवेशन र समसामयीक राजनीतिको बारेमा बैठकमा छलफल भयो ’
बिचार मिल्ने, सिद्धान्त मिल्ने पार्टीसँग एकिकरण गर्दे जाने जसपाको दृष्टीकोण भएकाले नेकपा एससँग पनि विचार मिलेमा एकिकरण गर्न कुनै आपत्ति नभएको उनको भनाई छ । 


 

आइतबार​ ७ फागुन २०७९ ०६:३६ PM मा प्रकाशित

प्रतिक्रिया