काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने तर एमालेका उम्मेदवारका हकमात्रै बताए ।
साथै अध्यक्ष ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएकाे बताएका छन् ।एमालेले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले हाँस्दै भने, ‘पछि भनौंला ।’ ढोक्साको जवाफमा पिँजडा आएको छ नि ? भन्ने प्रश्नमा ओलीले मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने बताए ।
त्यसकारण फुक्काफाल मन पराउने, जसो गरेपनि हुने, कार्यकारीमा भोट दिन मिल्ने, छानिछानि भोट दिन मिल्ने, सरकारको समर्थन गर्ने सरकारको हिस्सेदारको विरोध गर्ने यस खालका कुरा भइरहने ओलीले बताए ।
उनले संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनिएको भन्दै कांग्रेसले नै संयन्त्रको सुरुवात गरेको दावी गरे । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको बताए ।
उनले भने, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभको संकेत हो ।’ संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाएका थिए ।
आफू प्रधानमन्त्री भएको बेला संविधानले चिन्दैन भनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको उनको दाबी थियो ।
एमाले अध्यक्ष ओलीले भने संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको बताए । हिजो आफूले संयन्त्र चाहिँदैन भनेको स्वीकार गर्दै उनले भने, ‘गत सरकारको समयमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र बनाएर एउटा नयाँ प्रचलन सुरु गर्यो । त्यो त अभ्यासका रुपमा आइसक्यो त !’
प्रतिक्रिया