×

सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए

images

काठमाडौँ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् ।

करिब २९ वर्षका निशान लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  जानकारी दिए ।

लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

बिहीबार ५ माघ २०७९ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया