×

चोभारको कार दुर्घटनामा बेपत्ता युवकको शव दुई दिनपछि फेला

images

काठमाडौँ ।  काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ। कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शव फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ नम्बरको सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए भने अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन् । 

बिहीबार ५ माघ २०७९ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया