×

अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु

images

सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी गराएको छ ।

उनीहरु धान काट्न खेतमा गएका थिए । काटेर साँझ घर फर्किने क्रममा अरिङ्गालले टोकेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी सन्तोष खनालले  श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमा मृत्यु भएको बताए ।  शोभाको मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको हो। 

मङ्गलबार १ कात्तिक २०७९ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया