मुगुमा छैन सर्पदंश उपचारको व्यवस्था

    images


    मुगु, १ भदौ  मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ । पछिल्लो समय तराईमा  देखिने विषालु सर्प पहाड मापनि देखिन थालेको  छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल  व्यवस्था नरहेको बताउनुभयो । 

        
        जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल ढुङ्गानाले सर्पदंश उपचारका लागि तालिम प्राप्त चिकित्सकको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो “एन्टिस्नेक भेनम  र आइसियू र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या छ ।  जिल्ला अस्पतालमा आउने सर्पदंशका  बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेको । ” उहाँका अनुसार हिमाली जिल्लामा विषालु सर्प खासै नहुने भएकाले जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आउने गरेका छैनन् । 

         छायाँनाथ रारा नगरपालिका–४ कि बैदेवी सेजुवालले गत असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “ जिल्ला अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनुपर्छ ।”

    शुक्रबार​ १ भदौ २०८० ०२:१९ PM मा प्रकाशित

    प्रतिक्रिया