×

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

images

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।
    
सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो । बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ । 

एकताका लागि (माओवादी केन्द्र)ले यसअघि नै निर्णय गरिसकेको थियो । नेकपा (एमाले) बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।

बिहीबार २ भदौ २०७९ ०७:२२ AM मा प्रकाशित

प्रतिक्रिया