×

'पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीति'

images

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् ।

मस्कोमा भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उनले पेलोसीको भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणलाई अरू देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन भएको टिप्पणी गरेका छन् । 

बिहीबार २ भदौ २०७९ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया