×

दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

images

शनिबार तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन। राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ। 

श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ। अस्पताल स्रोतका अनुसार झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका छ।

उनले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने समेत जनाइएको छ । राजकुमार मोक्तुम एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन् । 

शनिबार ४ असार २०७९ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया