×

लाइनमा बसेका भक्तजनले करिब एक घन्टाभित्र पशुपतिनाथको दर्शन गर्न पाउने

images

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले शिवरात्रिका अवसरमा २० लाख भक्तजन पशुपतिनाथको दर्शनका लागि आउने दाबी गरेका छन् ।

आ’ज बिहान तीन बजेदेखि पशुपतिनाथका चारवटै ढोका खुलाएका छौं । तीलगंगातर्फ सरकारी, सार्वजनिक निकाय, कूटनीतिक नियोगका लागि छुट्याइएको छ भने बाँकी तीनवटा लाइन सर्वसाधारणका लागि हो । अहिलेसम्म लाखौं भक्तजनले दर्शन गरिसक्नुभएको छ ।

लाखौं भक्तजन लाइनमा हुनुहुन्छ । मोटामोटी २० लाख भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने खतिवडाले भने ।

लाइनमा बसेका भक्तजनले करिब एक घन्टाभित्र पशुपतिनाथको दर्शन गर्न पाउने पनि उनले औंल्याए । खतिवडाले भने, ‘बिहान तीन बजे आउनेले त पाँच मिनेटमै दर्शन पाउनुभयो । लाइनमा बसेको एक घन्टामा भक्तजनले प्रति पाँच सेकेन्डमा दर्शन पाउनुभएको छ । दर्शन सहज छ । कृपया आनन्दले आउनुहोला ।’ उनले दर्शनका लागि आउँदा प्लास्टिकजन्य पदार्थ नल्याउन र बहुमूल्य गरगहना नलगाउन पनि अनुरोध गरे ।


सुरक्षा व्यवस्थामा कुनै पनि चुनौती नरहेको पनि उनले बताए । खतिवडाले भने, ‘भक्तजनको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । लाइन शान्त र अनुशासित छ । हामीले सुरक्षा चुनौतीमा सफलता प्राप्त गर् यौं भने सबैले समयमै दर्शन पाउनुहुन्छ । कुनै प्रकारको कमी हुन नदिन अधिकतम प्रयास गरेका छौं ।’

खतिवडाका अनुसार भारतबाट आएका नागा बाबाहरु मन्दिर प्रांगणमा छन् । साधु, सन्त, माईआमा मन्दिर बाहिर छन् । उनीहरुको संख्या ५ हजार छ । उनीहरुका लागि नौवटा अखडा छन् । उनीहरुको खानाका लागि अन्नपूर्ण भण्डार अखडामा व्यवस्था गरिएको छ । यसपटक भारतका साथै मलेसियाबाट पनि हिन्दु पर्यटक आएको उनले बताए ।


महाशिवरात्रिको अपरम्पार छ । तीन भगवान् महादेवका तीनरात्रिमध्ये शिवरात्रि प्रिय रात्रि मानिन्छ । त्यस अवसरमा जल दर्शन गरे पनि परिमेय पुण्य तथा अमोघ लाभ प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

शनिबार ६ फागुन २०७९ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया