बैदेशीक रोजगारका लागी बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

    images

    काठमाडौं ।  बैदेशीक रोजगारका लागी बिदेश पठाइदिन्छु भनी १९ लाख रुपैयाँ ठगी गरेको  आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्‍ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् ।


    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सतुङ्गलबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    उनीमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० लाख रुपैयाँ भन्‍दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

      बुधबार ४ माघ २०७९ ०४:२८ PM मा प्रकाशित

      प्रतिक्रिया