रेमिट्यान्स बढ्यो, व्यापार घाटा घट्यो

    images

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ ।

    यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ । जसले गर्दा रेमिट्यान्स आप्रवाह नेपाली रूपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ ।

    चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । आजको राजधानी दैनिकबाट

    शनिबार २ पुस २०७९ ०८:५८ AM मा प्रकाशित

    प्रतिक्रिया