×

अस्ट्रेलियाले हरायो इंग्ल्यान्डलाई

images


एडिलेड । अस्ट्रेलियाले पहिलो वान डेमा बिहीबार इंग्ल्यान्डलाई छ विकेटले पराजित गरेको छ । यससँगै तीन खेलको शृंखलामा घरेलु टिमले १–० को अग्रता लिएको छ ।

जितका लागि २ सय ८८ रन पछ्याएको अस्ट्रेलियाले चार विकेट गुमाएर ४६.५ ओभरमा २ सय ९१ रन बनायो ।  
अस्ट्रेलियालेका लागि डेविड वार्नरले ८६ र ट्ेरभिस हेडले ६९ रन बनाए ।

उनीहरूले पहिलो विकेटका लागि १ सय ४७ रनको साझेदारी गरे । यस्तै स्टिभ स्मिथले पनि नटआउट रहेर ८० रन बनाए । 

डाविड मलानको शतकको मदतले इंग्ल्यान्डले नौ विकेटमा २ सय ८७ रन बनाएको थियो । त्यसमा मलानले १ सय ३४ रन बनाए । उनले १२ चौका र चार छक्का प्रहार गरे । 

बिहीबार १ मंसिर २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया