कानमा इयरबड अड्किएको पाँच वर्षसम्म थाहा नपाएपछि...

    images

    काठमाडौ । इङल्याण्डका विलिस लीको कानमा पछिल्लो पाँच वर्षदेखि इयरबड अड्किएको थियो । अहिले त्यो बाहिर निकालेपछि उनले राहत महसुस गरेका छन् ।

    विलिस ली, रोयल नेवीमा सेवा गर्छन् । पाँच वर्षअघि विलिस आफ्नो परिवारलाई भेट्न अष्ट्रेलिया जाँदै थिए । हवाई यात्राको क्रममा उनले हवाईजहाजको कोलाहलबाट बच्न कानमा इयरबड राखे र यात्रापछि निकाल्न बिर्से ।

    तर एकाएक उनको श्रवण शक्ति कमजोर हुँदै गयो । उनलाई लाग्यो – लामो समयसम्म उड्डयन उद्योगमा काम गरेकाले आफूले राम्रोसँग सुन्न नसकेको हो कि ?

    एकपटक उनलाई यो पनि लाग्यो कि युवावस्थामा रग्बी खेल्दा कानमा चोट लागेका कारण पो कान सन्न छोडेको पो हो कि ?

    समस्या अलि धेरै नै बढेपछि उनले एकदिन एन्डोस्कोपी किट किने र घरमा नै आफ्नो कानको परीक्षण गरे । त्यतिबेला उनले कुनै सेतो चिज उनको कानमा फसिरहेको भेटे ।
    त्यसपछि उनले डाक्टरलाई सम्पर्क गरे र यसलाई निकाले ।

      बिहीबार १ मंसिर २०७९ ११:५२ AM मा प्रकाशित

      प्रतिक्रिया