×

सत्ता गठबन्धनको कोटेश्वरमा आज अन्तिम चुनावी सभा

images

काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दैछ ।

गठबन्धनले काठमाडौं क्षेत्र नम्बर–२ मा आज अन्तिम चुनावी सभा गर्न लागेको हो । सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ ।

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहीबार १ मंसिर २०७९ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया