×

एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढ्दो

images

काठमाडौं । कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ ।

एफएओले कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाएको छ ।

विश्व खाद्य कार्यक्रम (एब्लुएफओ) का अनुसार एसियामा कुपोषणबाट प्रभावितको संख्या सन् २०१९ को तुलनामा २०२० मा ३६ करोडबाट बढेर ४१ करोड पुगेको छ ।

यस्तै, कुपोषणको दर ७ दशमलब ९ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ । एसियाको कूल कुपोषित जनसंख्यामध्ये ८९ प्रतिशत दक्षिण एसियामा रहेको डब्लूएफओले जनाएको छ ।

बुधबार १ भदौ २०७९ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया