×

तार्केश्वरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुबै खोलामा खस्यो

images


काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। तारकेश्वरबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बा ३ ख ६३६७ नम्बरको बसले रोकिराखेको मोटर साइकललाई ठक्कर दिँदा बस खोलामा खसेको हो । दुर्घटनामा मोटरसाइकलमा सवार एकसहित १० जना घाइते भएका हुन्।

बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कुँवरका अनुसार बसले पहिले मोटरसाइकलाई ठक्कर दिएको र त्यसपछि बस अनियन्त्रित भएर खोलामा खसेको हो। मोटरसाइकल चालकसमेत गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय दिलकृष्ण महर्जनले मोटरसाइकल चालकको अवस्था चिन्ताजनक रहेको जानकारी दिए । गाडी शेषमती खोलामा झरेसँगै मोटरसाइकल चालक पनि खोलामै खसेका थिए। अहिले दुर्घटना क्षेत्रमा तनाव उत्पन्न भएको छ।

बुधबार ३ जेठ २०८० ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया