×

मारिउपोलमा घेराबन्दीमा परेका युक्रेनी सैनिकको उद्धार

images

युक्रेनको बन्दरगाह सहर मारिऊपोलस्थित एउटा स्टील कारखानामा घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ । युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका छन् । 

उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नायकहरूलाई युक्रेनले जीवितै चाहेको बताएका छन् । 

उद्धार गरिएका सैनिकहरू रुस नियन्त्रित क्षेत्रमा छन् । मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार ती सैनिकहरूको उद्धार कार्यमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रम संलग्न थिए । 

मङ्गलबार ३ जेठ २०७९ ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया