×

युनाईटेडको सहज जित

images


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।युनाईटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ७६ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडको जित पक्का गरे ।

जितसँगै युनाईटेडले ३० खेलमा ५९ अंक जोडेको छ ।युनाईटेड तेस्रो स्थानमा रहेको छ ।फरेस्ट २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
 

सोमबार ४ बैशाख २०८० ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया