काठमाडौं । मिटरब्याजी पीडित समूह र नेपाल प्रहरीबीच झडप भएको छ। लामो समयदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो। झडपमा दुवैतर्फ घाइते भएका छन् ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितको समूहले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेसँगै झडप भएको हो। प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।
मिटरब्याजी पीडित समहूले ब्यानरसहित सिंहदरबारमा प्रदर्शनका लागि निस्कने क्रममा प्रहरीले रोकेपछि झडपमापरि केही मिटरब्याजी पीडित र प्रहरी घाइते भएका छन्। घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो ।
दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । सरकारसँग वार्ता नमिलेपछि पीडितहरुले आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया