×

गुजरातमाथी राजस्थानको रोमान्चक जित

images


काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्सलाई हराउदै राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ  ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो । गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।राजस्थानका लागि कप्तान सन्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय ईनिङ खेले ।

कप्तान सामसनले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६० रन बनाए । पाँचौं विकेटका लागि कप्तान सामसन र हिटमायरले ५९ रनको साझेदारी गरेका थिए ।

हिटमायरले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५६ रन बनाए ।यसै खेलमा आईपीएल डेब्यु गरेका अफगानिस्तानका स्पिनर नुर अहमदलाई छक्का हान्दै हिटमायरले खेल सकाएका थिए ।देवदत्त पडीकलले २५ बलमा २६ रन बनाउँदा ध्रुव जुरेल १० बलमा १७ रन बनाए ।

छैटौं विकेटका लागि ध्रुव जुरेल र हिटमायरले ४७ रनको साझेदारी गरेका थिए ।गुजरातका लागि मोहम्मद सामीले ३ तथा राशिद खान २ तथा नूर अहमद र हार्दिक पान्ड्याले समान १-१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

गुजरातका लागि डेबिड मिलरले ३० बलमा ३ चौका र २ छक्काको सहयोगमा ४६ रनको बनाए ।ओपनर शुभमन गिलले ३४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए ।अभिनव मनोहरले १३ बलमा ३ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान हार्दिक पान्ड्याले २८ तथा साई सुदर्शन २० रनमा आउट भए ।

राजस्थानका लागि एडम जाम्पा,सन्दीप शर्मा,ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान १-१ विकेट लिए ।बोल्टले पहिलो ओभरमा नै ओपनर ऋद्धिमान शाहलाई कट एन्ड बोल्ड गरेका थिए ।पाँचौ खेलमा चौथो जित हात पारेको राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।पाँचौ खेलमा दोस्रो हार व्यहोरेको गुजरात ६ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ ।भारतका विभिन्न शहरमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । एजेन्सी

सोमबार ४ बैशाख २०८० १०:०६ AM मा प्रकाशित

प्रतिक्रिया