×

सबै उम्मेद्वारको सम्मान गर्छौ तर गठबन्धनका उम्मेद्वारलाई जिताउँछौ  ः कांग्रेस नेता खतिवडा

images

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले, सबै उम्मेद्वारको सम्मान गर्ने तर गठबन्धन उम्मेद्वार रामसहाय  यादव चुनावमा विजयी हुने बताएका छन् ।  नयाँ बानेश्वरस्थित संसद भवनमा भएको उपराष्ट्रपतिको निर्वाचनमा मतदानपछि पत्रकारसंग नेता खतिवडाले रामसहाय  यादवलाई नै उपराष्ट्रपतिको  चुनावमा विजयी गराउन चाहेको बताएका हुन ।

उनले भने “हामी सबै महिलालाई सम्मान गछौं । जित महिला या पुरुष जसको  भए पनि गठबन्धनको उमेदवार हुन्छ । सबैलाई सम्मान गर्न चाहन्छौ कसैलाई अपमान नगरी रामसहाय  यादवलाई चुनावमा विजयी गराउन चाहन्छौ ।”

नेता खतिवडाले, संविधानले जात, धर्म, वर्ग, लिङ्ग, वर्ण समुदायको प्रतिनिधित्व हुने व्यवस्था गरेको जिकिर गरे ।  उनले भने ‘राष्ट्रपति पहाडे खस आर्यको हुनु भयो । मदेशको उपराष्ट्रपति हुनुभयो । महिला भएको भए झन राम्रो वा महिला, जनजाती, दलित ,मुस्लिम, मधेसी भन्ने शव्द उल्लेख गरीएको छ । पुरुष पनि उपराष्ट्रपति हुने आधार भएकोले उहाँ उठ्नु भएको  छ ।’
 

शुक्रबार​ ३ चैत २०७९ ०३:२३ PM मा प्रकाशित

प्रतिक्रिया