नक्कली नोट सहित दुई जना पक्राउ 

    images


    काठमाण्डौं । नक्कली नोटको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला रामेछाप खाँडा देवी गा.पा.वडा नं. ८ घर भई हाल का.जि.

    माकलबारी बस्ने वर्ष ३४ को छिरिङ लामा र जिल्ला दोलखा भिमेश्वर न.पा.वडा नं. ७ घर भई हाल का.जि. सतुङगल बस्ने वर्ष २४ को सुरेन्द्र कार्की रहेका छन् ।

    काठमाडौंको कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सुचनाका आधारमा कालोपुलबाट खोटा (नक्कली) जस्तो

    देखिने रु १०००।– दरको नेपाली नोट थान–६३६ जम्मा छ लाख छत्तीस हजार (रु ६,३६,०००।–) र नोटको साईजमा काटेको कागजको बण्डल थान–९ सहित पक्राउ गरेको

    छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ  । 

    शुक्रबार​ ३ चैत २०७९ ०२:३५ PM मा प्रकाशित

    प्रतिक्रिया