काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले भावि उपराष्ट्रपतिमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छिन् । संसद भवनमा उपराष्ट्रपतिमा मतदान चलिरहदाँ पत्रकारसंग कुरागर्दै उनले माहोल आफ्नो पक्षमा परेको भन्दै जित्नेमा आफु ढुंक रहेको दाबी गरेकी हुन् ।
उनले संविधान विपरित पुरुषलाई नै उपराष्ट्रपति पदमा उम्मेद्वार बनाइएको भन्दै आपत्ति जनाइन् । उनले सेरोमोनीयल पद भएपनि संविधान र राष्ट्रको गरिमा बढाउन यो पदको ठुलो भूमिका हुने बताइन् ।
उनले भनिन् ‘अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति। तर, यो गरिमामय पद हो। यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो।’
प्रतिक्रिया