×

मिथिलामा  तीन दिन होली

images

मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो ।मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मूल मधेशीले  पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको  परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।

छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले र मधेशी समुदायले उदाउँदो पूर्णिमा अर्थात् चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार शनिबार पनि होली खेलिने भएको छ । “माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ”, मोफसलका  पत्रकार वीरेन्द्र रमणले भन्नुभयो । 

परिक्रमासँग सम्बन्धित भएर जनकपुर क्षेत्रमा पर्वको निर्धारण गरिन्छ भने अन्य क्षेत्रका आम मधेशी पूर्णिमाको भोलिपल्टै ‘होली’ मनाउँछन् । “आज पूर्णिमाका दिन पर्वते समुदायका मधेशी पर्व मनाउँदैछन्, हामी मूल मधेशी भोलि ९शुक्रबार० मनाउँछौँ”, स्थानीय भङ्गाहा–४ का जवाहर महतोले भन्नुभयो ।

तिथि घटबढ र परिक्रमा परम्पराले पर्व लगातार तीन दिन परे पनि यहाँ सांस्कृतिक घुलमिलले सबै ‘होली’ मा मिसिन्छन् । मधेश आजदेखि नै होलीको रङमा रङ्गिँदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ । सबैको हातमा अबीरका झोली।।१ सबैको एउटै बोली, जय होली।।११ ‘बुरा नमानो होली है १’ जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ ।

यसैबीच पर्वलाई सभ्य र शालीन ढङ्गले मनाउन प्रशासनिक निकाय र सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबर्जस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले को आग्रह गरेका हुन्  ।

बिहीबार ३ चैत २०७८ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया