काठमाडौं । बैंकिङ ज्यादती विरुद्ध नेपाल राष्ट्रिय व्यवसायी महासंघ विरोधमा उत्रिएको छ । महासंघले बैंकले, व्यवसायीलाई अनावश्यक ज्यादती गरेर दुख दिएको उनीहरुको आरोप छ।
महासंघका सदस्य सुरेन्द्र प्रसाद उप्रेतीले, व्यवसाय ठप्प हुदाँ समेत बैंकले व्याज बढाएर झनै दुख दिएको टिप्पणी गरे । उनले भने ‘राज्यले तोकेको भाडामा डिजेललाई नै पैसा पुग्दैन्
। गाडीहरुको प्रत्यक पार्टसको मुल्य बढेको छ । बैंकको व्याज बढेको छ । लकडाउन भयो काम भएन् तर बैकले ७ दिनको अलटिमेटम दियो । काम गर्न सकेको छैन् कमाई छैन् व्याज बढ्छ तर आफ्नो कामको पैसा बढ्दैन् । नाफा छैन् ।
व्यवसायीहरु आफ्नो व्यवसाय बन्ध गर्न बाध्य छन् ।’ बैकको मनपरिको निति नियमले आफुहरु मारमा परेको बताएका व्यवसायीहरुको भनाई छ ।
प्रतिक्रिया