काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया