×

बालुवाटारमा सर्वदलीय बैठक सुरु, देउवा पनि सहभागि

images

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् । 
 त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । 
 

मङ्गलबार ३ माघ २०७९ ०४:५७ PM मा प्रकाशित

प्रतिक्रिया