×

प्रचण्ड प्रधानमन्त्री भएपछि पेरिसडाँडा शून्य

images

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएसँगै पार्टीका गतिविधि सुस्त भएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठको व्यस्तताले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा शून्य हुन पुगेको हो ।

पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत अरु नेताहरू पार्टी कार्यालय जानुभन्दा घरमै नेता कार्यकर्ता भेट्ने गरेका छन् ।

सत्ताधारी पार्टीको केन्द्रीय कार्यालयमा भीडभाड हुनुपर्नेमा त्यसको ठिकविपरीत भएको नेता कार्यकर्ताहरूले गुनासो गरेका छन् । दलका शीर्ष नेता सरकारमा गएसँगै पार्टीका काम कसले गर्ने भन्ने अन्योल भएको एक केन्द्रीय सदस्यले बताए । आजको नेपाल समाचारपत्र दैनिकबाट

मङ्गलबार ३ माघ २०७९ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया