×

मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार आज

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको सपथ आज दिउँसो १ बजेको लागि राखिएको छ।

नयाँ सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाएको छ। माओवादीले ४, रास्वपाले तीन, राप्रपाले ३, जसपाले २ र जनमत पार्टीले १ मन्त्रालय पाएको छ।

स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । अर्थ मन्त्रालय यसअघि नै लिइसकेको छ ।

माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । उसले भौतिक पूर्वाधार लिइसकेको छ । गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम पाएको छ भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित् भएको छ । शहरी र खेलकुद मन्त्री कसलाई बनाउने भन्नेबारे भोलि टुँगो लगाउने राप्रपा उच्च स्रोतको दाबी छ ।

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्पति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ । जनमतलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।

मङ्गलबार ३ माघ २०७९ ०८:३० AM मा प्रकाशित

प्रतिक्रिया