काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चुनावी अपिल सार्वजनिक गरेका छन् ।
उनले मंसिर ४ गतेको निर्वाचन अग्रगम र प्रतिगमनबीचको लडाई भएको उल्लेख गरेका छन् ।
उनले आफूहरुले देशमा व्यवस्था बदलेको भएपनि जनताको जीवनस्तर उकास्न अझै काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले देशको विकासको लागि परिवर्तनकारी शक्तिले नै नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले देशैभरि गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।
प्रतिक्रिया