युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् ।
एएफपीका सम्वाददाताका अनुसार कम्तीमा एउटा शव हातले बाँधिएको अवस्थामा गाडिएको भेटिएको छ ।
कीभका अधिकारीहरूले खार्किभ क्षेत्र रूसी आक्रमणकारीहरूबाट पुनः कब्जामा लिएपछि सामूहिक चिहानस्थलमा ४५० चिहानहरू गणना गरिएको र १० कथित ‘यातना केन्द्रहरू’ फेला पारेको बताएका छन् ।
इज्युमबाहिरको जङ्गलमा चिहानको टुप्पोमा अस्थायी क्रस र नम्बरले चिनो लगाइएको एएफपीका सञ्चारकर्मीले बताए । चिहानमा लेखिएको थियो, “१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान ।”
कीभको सेनाले हालैका दिनहरूमा पूर्वमा प्रति–आक्रमणमा धेरै क्षेत्रहरू बरामद गरेको छ र धेरै शहरहरूलाई रूसी सेनाबाट मुक्त गरेको छ ।
प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले बालाकलिया शहर र खार्किभका अन्य स्थानमा यातना कक्ष फेला परेको बताएका छन् भने राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले इज्युम सामूहिक चिहान स्थलमा मात्रै कम्तीमा ४५० शव रहेको बताउनुभएको छ ।
पोडोल्याकले भन्नुभयो, “कब्जा गरिएका क्षेत्रहरूमा महिनौंदेखि व्यापक आतंक, हिंसा, यातना र सामूहिक हत्याहरू भइरहेका भेटिएको छ ।
प्रतिक्रिया