×

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

images


काठमाडौँ, ३१ साउनः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको  राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
     
    उहाँंका अनुसार भेटमा राष्ट्रपति पौडेलले संसद् बैठक अवरुद्धहुँदा जनतामा निराशा बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभएको जनाइएको छ  । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलबीच विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो । 

बुधबार ३१ साउन २०८० ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया