‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक

    images

    काठमाडौं। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र भदौ २४ मा प्रदर्शन हुँदैछ । 

     

    चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । 

     

    चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । 

    आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर चलचित्रलाई निर्माण गरेका हुन ।

     

    https://www.youtube.com/watch?v=HA9oeDudvhU&feature=emb_logo  

      मङ्गलबार ३१ साउन २०७९ १०:३७ AM मा प्रकाशित

      प्रतिक्रिया