×

आदिवासी जनजाती युवा महासंघ युएई, शाखाले मनाए २९ औं विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस

images

 

फलेन्द्र मगर / युएई संवाददाता 
१६-अगस्ट युएई २९औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस एक कार्यक्रम गरि मनायो । कार्यक्रममा विभिन्न सामाजिक संघ संगठन का विविध व्यक्तित्व हरु लाई आमन्त्रण गरि आदिवासी दिवसको एकापसमा शुभकामना आदानप्रदान गरे। कार्यक्रममा बोल्दै वक्ता हरु ले युवाहरू ले देश र समाज का लागी खेल्नुपर्ने भूमिका र दायित्व को बारेमा धारणा हरु राखेका थिए ।

कार्यक्रममा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान , मितेरी समाज युएईका अध्यक्ष प्रदीप पुन मगर , आदिवासी जनजाती पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र मगर,  डिबि लुङ्गेली मगर र महेश मोक्तान ले शुभकामना मन्तव्य राखेका थिए।

हाम्रो देश बहुभाषिक , बहुधार्मिक, बहुसांस्कृतिक , बहु आयामिक  हिमाल , पहाड तराई सबै भूगोल मा छरिएर रहेका आदिवासी हामी खस आर्य समुदाय भन्दा पछि पर्नु का कारण हरु बारे सबैले चिन्ता व्यक्त गरे । यस विषयमा अन्तरक्रिया गरी सबैलाई सचेत गर्न जरुरी रहेको सबैको जिकिर छ। 


आदिवासी युवा महासंघ युएईमा स्थापना भएको चौथो वर्षमा चल्दै गर्दा युवा महासंघले आफ्नो वार्षिक निति तथा कार्यक्रम अन्तर्गत दुई लाख नेपाली रुपैयाँँ बराबरको रकम सहयोग गर्ने पनि सार्वजनिक गर्यो।

पहिलो चरण को आर्थिक सहयोग काभ्रे जिल्लाको महाभारत गाउँपालिका -८घर्तिछाप  मा अवस्थित श्री अम्बिश्वरी प्राथमिक विद्यालय लाई शैक्षिक सामाग्री को लागी रुपैयाँ ५० हजार । दोस्रो चरण स्याङ्जा जिल्लाको चापाकोट गाउँपालिका -३ दुदाडाँडामा अवस्थित श्री चण्डी आधारभुत विद्यालय लाई पनि शैक्षिक सामाग्री का लागी रुपैयाँ ५० हजार आर्थिक सहयोग गर्ने ।

तेस्रो चरण अन्तर्गत झापा जिल्लाको बार्हदसि गाउपालिका वडा नम्बर -१ मा रहेको श्री साधुप्रति प्राथमिक विद्यालय लाई पनि रु. ५० हजार रुपैयाँको शैक्षिक सामाग्री वितरण गर्ने साथै चौथो चरण अन्तर्गत आदिवासी जनजातिका ५ जना जेहेन्दार छात्रछात्रालाई १०/१० हजार रुपैयाँको दरले रु.५० हजार बराबरको शैक्षिक सामाग्री वितरण गर्ने गरि योजना ल्याएको कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

विगतमा पनि विभिन्न चरणमा असहाय आर्थिक अवस्था कम्जोर भई उपचार गर्न नसकेका बिरामी र घाइते हरु को उपचारार्थ युवा महासंघले आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।

आदिवासी जनजाति हरु का धर्म, भेषभुषा , भाषा र संस्कार  संस्कृति लाई जगेर्ना गर्दै जाने आपत विपतमा परेका हरु लाई आर्थिक सहयोग गर्ने युवा महासंघ को मुख्य उद्देश्य रहेको कार्यक्रम संचालक महासचिव सबिन छिरिङ मोक्तानले ईसंचारपाटी का संवाददाता लाई बताए ।
 

बुधबार ३१ साउन २०८० ०३:२३ PM मा प्रकाशित

प्रतिक्रिया