×

२४ घण्टामा ८ सय ४८ जनामा काेराेना पुष्टि

images

काठमाण्डाै । पछिल्लो २४ घण्टामा देशभर आठ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गरेकोमा आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा पाँच सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाकाे ज्यान गएकाे छ । अहिले नेपालमा पाँच हजार दुई सय ५९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९० हजार चार सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मङ्गलबार ३१ साउन २०७९ ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया