कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

    images

    काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिबाट हरिकृष्ण कार्की प्रधानन्यायाधीश पदमा सर्वसम्मत अनुमोदन भएका छन। यो सगै कामु प्रधानन्यायाधीश  कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको हो ।

    संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । 

    गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

    आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् । आज बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा कार्कीविरुद्ध परेका २९ उजुरीबारे समितिका सदस्यले प्रश्न गरेका थिए। 

    त्यसमा जवाफ दिँदै कार्कीले कुनै पनि आरोप प्रमाणित भए आफूले पदबाट राजीनामा दिने बताएका थिए।  

    शुक्रबार​ १ असार २०८० ११:४० AM मा प्रकाशित

    प्रतिक्रिया