×

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता साझेदार १० दलको बैठक

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएका छन् । सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए। 

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक दललाई बोलाइएको  आचार्यले  जानकारी दिए। बैठक आज दिउँसो साढे दुई बजे सिंहदरबारमा बस्ने छ । छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने आचार्यको भनाइ छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्दैछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।  

मङ्गलबार २ जेठ २०८० १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया