×

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै

images

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ ।

images

महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा स्वत...

सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गर्नुभएको हो । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ । महानगरपालिकाको पछिल्लो मतगणना अनुसार  वडा नं. १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनानुसार उक्त मत परिणाम बाहिर आएको हो  ।  मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ । 

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र  जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ । त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो । 

मतगणना स्थल थप 

यसैबीच वीरगञ्ज महानगरपालिकाको जारी मतणनाअन्तर्गत मतगणनालाई चाँडो सम्पन्न गर्न आज मतगणना स्थल र गणक थपिएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १५ पिपरास्थित श्री नृसिंह माविमा वैशाख ३१ गतेदेखि चार वटा वडाको मात्र मतगणना भइरहेकोमा आजदेखि थप दुई वडाको गणना थालिएको हो ।

वीरगञ्ज महागरपालिकाको यस अगावै वडा नं १, २, ३१ र ३२ को मतगणना भएकोमा आज देखि थप वडा नं ३ र ३० को गणना थालिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । 

सोमबार २ जेठ २०७९ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया