×

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर

images

काठमाडौँ । सुक्खा मौसमको सुरुवातसँगै डढेलोका कारण मुलुकभर वायु प्रदूषण बढेको छ । काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढनाले देशको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको र काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ । आइतबार बिहानको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौं दोस्रो सूचीमा रहेको हो ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौँको एक्यूआई अहिले एक सय ९२ छ । सूचीको पहिलो स्थानमा थाइल्यान्को च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई दुई सय २२ छ ।

यसैगरी तेस्रो स्थानमा भारतको नयाँदिल्ली, चौंथोमा बङ्गलादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।

आइतबार​ ३ बैशाख २०८० ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया