मोलुङ हाइड्रोपावरको आईपीओ खुल्यो 

    images


    काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ)  निष्कासन गरेको छ । 

     आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणका लागि आजेदेखि आईपीओ निष्कासन गरेको हो

     आगामी फागुन १० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम आठ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ  ।
     

    बिहीबार ४ फागुन २०७९ ०३:२३ PM मा प्रकाशित

    प्रतिक्रिया