काठमाडौं । खानेपानी मन्त्रालयले आम नागरिकका गुनासो सुन्ने संयन्त्र बनाएको छ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुन्ने इकाईको उद्घाटन गरेका हुन् ।
मन्त्री खानकै संयोजकत्वमा गुनासो सुनुवाई समिति गठन गरिएको प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए । उनले भर्ने गुनासो सुन्ने इकाई गठन गरेको छ । यसको लागि टोल फ्रि नम्बरको व्यवस्था गरेका छौं । जनताको सहजताको लागि यो इकाई गठन गरेको हो ।
यसलाई हामी निरन्तरता दिने छौं। ’मन्त्रालयले, उपलब्ध टोल फ्रि नम्बरमा टेलिफोट गरेर आम नागरिकले आफ्नो समस्या राख्न सक्ने र त्यसको समाधाान र कारवाहीका लागि मन्त्रालय तत्पर रहेको जनाएको छ ।
सबैको प्रमुख समस्या भनेको नै पानी भएको र त्यो व्यवस्थित नहुँदा निकै नै गुनासो आउने गरेको मन्त्रालयले जनाएको छ। त्यसलाई सहजतापूर्वक समाधान गर्न गुनासो इकाई गठन गरिएको भन्दै आम नागरिकलाई सुलभ र भरपर्दो सेवा पु¥याउन मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री खानले बताएका छन् ।
प्रतिक्रिया