×

डेङ्गु रोगको नियन्त्रण कीटनाशक औषधि छर्न माग

images


राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभएको छ ।
      
सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गर्नुभएको थियो । साथै उहाँहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गर्नुभएको थियो । 

शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह ९गरिमा०, राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोल्नुभएको थियो ।

बिहीबार ३० भदौ २०७९ ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया