×

सुन तस्करी प्रकरण : महराका बाबुछोरामाथि सीआईबीले तत्कालै छानबिन गर्ने तयारी

images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि आजभोलि नै छानबिन अघि बढाउने बताएका छन् ।

सम्पादकहरुको टोलीसँग मंगलबार बालुवाटारमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष महराका बाबुछोरामाथि छानबिन थालिने बताएका हुन् ।

महराले सुनकाण्डमा जोड्दै माओवादी उपाध्यक्ष वर्षमान पुनको फोटो पनि सार्वजनिक गरिएको बताए । उनले ८ वर्षअघि गाउँले चेलीसहितको फोटो भाइरल बनाइएको प्रकरण प्रष्ट भइसकेको बताए ।

यसबारेमा वर्षमान पुनले आफ्ना भनाइ प्रष्ट पारिसकेको बताउँदै दाहालले महरालाई पनि सुनकाण्डबारे बोल्न भनिएको सुनाए । 

महराले सुनकाण्डमा आफू नजोडिएको बताए पनि केन्द्रीय अनुसन्धान ब्युरोको रिपोर्टमा बाबुछोराकै नाम आएकाले यसको अनुसन्धान अघि बढ्ने बताए ।

उनले यसबारेमा आफूहरुले सीआईबीलाई सोध्दा महरा दोषी नभएको तर नाम जोडिएको जवाफ आएको सुनाए । त्यसपछि आफैंले बयान नलिएकोबारेमा सीआईबीलाई सोधेको प्रचण्डले बताए । अब सीआईबीले महरालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउन लागेको उनले बताए । 

सीआईबीले यो मुद्दा अल्झाइरहनु भन्दा छिटो प्रक्रियामा लैजाँदा राम्रो हुने आफ्नो धारणा रहेको प्रधानमन्त्रीले बताए ।

मङ्गलबार ३० साउन २०८० ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया